बागमती प्रदेशसभा बैठक बस्दै

सहयात्रा टिभी

हेटौँडा । भदाै ३०, बागमती प्रदेशसभा बैठक आज बस्दैछ । शुक्रबारका लागि तय भएको बैठक अन्तिम समयमा स्थगित भएपछि आज बस्न लागेको हो । प्रदेश सभा सचिवालयका अनुसार बैठक बिहान ११ बजे प्रदेशसभा भवन मा बस्ने छ ।

आजको बैठकमा विशेष समयलाई कार्यसूचीमा राखिएको छ भने सोही बैठकबाट प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।

प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो । चालु आर्थिक वर्षको बजेटमा सत्तापक्ष र प्रतिपक्ष बिचमा सहमति हुन नसक्दा बागमती प्रदेशको प्रदेशसभा बैठक पछिल्लो समयमा प्रभावित हुँदै आएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमा यसअघि भएको सहमति सरकार र सत्तारुढ दलले अस्वीकार गरे पछि प्रदेश सभा बैठकमा सञ्चालन सहज तरिकाले हुन अझै सकेको छैन ।

प्रकाशित : 16 September, 2023

प्रतिक्रिया दिनुहोस्