केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसिया कप क्रिकेट : उपाधिका लागि आज भारत र श्रीलंका खेल्ने

सहयात्रा टिभी

काठमाडौँ । भदाै ३१, एसिया कप क्रिकेटको उपाधिका लागि आज भारत र श्रीलंका फाइनल खेल खेल्दैछन् ।

कोलम्बोको आर प्रेमदासा रंगशालामा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुने खेलमा भारत आठौँ पटक एसिया कपको च्याम्पियन बन्ने लक्ष्यमा छ भने श्रीलंका सातौँ पटक उपाधि जित्ने योजनामा छ ।

एसिया कपको फाइनलमा १३ वर्षपछि भारत र श्रीलंकाको टोली आमनेसामने हुँदैछन् । यी दुईबीचको अन्तिम फाइनल खेल सन् २०१० मा भएको थियो । उपाधिका लागि भारत र श्रीलंकाबीच ८ पटक भिडन्त भएको छ। जसमा भारत ५ र श्रीलंकाले ३ पटक उपाधि जितेका छन् ।

प्रकाशित : 17 September, 2023

प्रतिक्रिया दिनुहोस्