केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारद्धारा चाडपर्वअघि चिनी आयात गर्न ५० प्रतिशत भन्सार छुट दिने निर्णय

सहयात्रा टिभी

काठमाडौँ । भदौ ३१, सरकारले आउँदै गरेका चाडपर्वलाई लक्षित गरेर ५० प्रतिशत भन्सार छुटमा २० हजार टन चिनी ल्याउने भएको छ।

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २० हजार टन चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय भएको हो।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले नजिकिएका चाडपर्वलाई लक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्यान्न ब्यवस्थाप तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट दिएर १०/१० हजार मेट्रिक टन चिनी आयत गर्न स्विकृत गर्ने निर्णय गरेक‍ो हो।

सरकारले अहिले चिनीमा ३० प्रतिशत भन्सार महसुल लगाउने गरेको छ। यस्तोमा मन्त्रिपरिषद्ले २० हजार टन चिनी आयात गर्न दुईवटा कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छुट दिने निर्णय गरेको हो।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वका लागि ६० हजार टन चिनी आयात अनुमति मागेको थियो।

तर सरकारले नेपाली बजारमा अहिले पर्याप्त चिनी रहेकाले बजार मूल्यमा हस्तक्षेपका लागि २० हजार टन मात्रैका लागि भन्सारमा सहुलियत दिइएको जनाएको छ।

अहिले नेपाली बजारमा चिनीको थोकमूल्य प्रतिकेजी १०५ रुपैयाँ छ। बजारमा भने चिनी ११५ देखि १२० रुपैयाँ केजीमा किनबेच भइरहेको छ। एक हप्तामै १५० पसल कारबाही गरेक‍ो छ। पछिल्लो समय बजार भाउ बढ्नेमा चिनी पनि छ।

 

प्रकाशित : 17 September, 2023

प्रतिक्रिया दिनुहोस्