केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तीनकुने सामूहिक हत्यामा संलग्न थप एक जनालाई पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । भदौ ३१, काठमाडौंको तीनकुनेमा शुक्रबार राति भएको सामूहिक हत्यामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तीनकुनेस्थित दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा एकैपरिवारका तीनसहित चार जनाको शव भेटिएको थियो ।

मारिनेमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा वाइवा र कुमारकी आमा ७५ वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई थिए ।

उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट थियो ।

यो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले यसअघि २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको थियो । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाका अनुसार, राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा पक्राउ गरिएको थियो ।

प्रहरी स्रोतका अनुसार, राई राति मिलभित्रै बसेका थिए । प्रहरी अधिकृतहरुका अनुसार, उनी राति करिब साढे १२ बजे आफैं ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी वृत्त नयाँबानेश्वर पुगेका थिए ।

घटनास्थलबाट हडबडाउँदै सडकमा निस्किएका राईले ट्याक्सी भेटेपछि तीनकुनेको प्रहरी चौकीमा पुर्‍याइदिन भनेका थिए । पछि उनी नै शंकाको घेरामा परेका थिए ।

 

प्रकाशित : 17 September, 2023

प्रतिक्रिया दिनुहोस्