केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१९औं एसियाड : पुरुष भलिबलमा नेपालल्ले आज बहराइनसँग खेल्दै

सहयात्रा टिभी

काठमाडौं । असोज २, १९औं एसियन गेम्स (एसिडाड) अन्तर्गत आज नेपालको पुरुष राष्ट्रिय भलिबलमा प्रतिस्पर्धा गर्दैछ । एसियाडको उद्घाटन समारोहच सेप्टेम्बर २३ देखि सुरु हुने भएपनि भलिबल, फुटबल र क्रिकेट खेल आजदेखि नै सुरु हुँदैछ ।

पुरुष भलिबलमा समूह बी मा रहेको नेपालले आज बहराइनसँग पहिलो खेल खेल्दैछ । यस्तै समूहको दोस्रो तथा अन्तिम खेल नेपालले सेप्टेम्बर २० मा एसियन पावर हाउस इरानसँग खेल्नेछ ।

पुरुष भलिबलको खेल सेप्टेम्बर १९ देखि २६ सम्म हुनेछ । मानबहादुर श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीमा यस पटक युवा र नयाँ खेलाडीहरु धेरै छन् । यस्तै मुख्य प्रशिक्षकमा नेदरल्याण्ड्सका प्रशिक्षक हान अबिङ छन् ।

समूह बी मा शीर्ष दुईमा रहने सके नेपालले नकआउट चरणको यात्रा तय गर्नेछ । यदी समूह चरणबाट बाहिरिएमा भने नेपाली टोलीले अन्य खेल खेल्न पाउने छैन । यस पटक पुरुष भलिबलमा समूह चरणबाट बाहिरिने टिमले वरियताका लागि खेल खेल्न पाउने छैन ।

नेपालको महिला भलिबल टिमले भने एसियन गेम्समा डेब्यु गर्दैछ । सेप्टेम्बर ३० देखि अक्टोबर ८ सम्म हुने भलिबलमा नेपालले समूह चरणमा दक्षिण कोरिया र भियतनामसँग खेल्नेछ ।

सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियाडमा नेपालबाट २९ खेलका २५३ खेलाडी सहभागि हुँदैछन् । एसियाडको इतिहासमा यस पटक नेपालले सबैभन्दा धेरै खेलाडी पठाउन लागेको हो । १९औं एसियाडमा एसियाका ४५ देशबाट करिब साढे १२ हजार खेलाडीले ४० खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रकाशित : 19 September, 2023

प्रतिक्रिया दिनुहोस्