नेपाली कांग्रेस कोइराला समूहको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । असोज २, नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ ।

कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र १४औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि बोलाइएको छ ।

कोइराला समूहको बैठकमा शर्मा र पौडेललाई पहिलो पटक बोलाइएको हो । पार्टीको १४औँ महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको टिमबाट महामन्त्री बन्नु भएको थियो भने पौडेल देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए ।

बिहीबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकअघि बस्न लागेको कोइराला समूहको बैठकलाई महत्वका साथ हेरिएको छ । बैठकमा केन्द्रीय समिति बैठक, समूहको गतिविधि, रूपान्तरण अभियानलगायत विषयमा छलफल हुने बुझिएको छ ।

प्रकाशित : 19 September, 2023

प्रतिक्रिया दिनुहोस्