केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उत्तर कोरियाली नेता किम लगत्तै चीनका वाङ यी पनि पुगे रुस

सहयात्रा टिभी

काठमाडौँ । असोज २, उत्तर कोरियाली नेता किम लगत्तै चीनका उच्च कूटनीतिज्ञ वाङ यी रुस पुगेका छन् ।

युक्रेन युद्धमा रूसलाई निरन्तर हतियार दिएको आरोप लागिरहेको समयमा चीनमा उच्च कूटनीतिज्ञ मस्को पुगेका हुन् । मस्कोमा उनले समकक्षी सर्गेइ लाभ्रोभसँग भेट गरेका छन् ।

भेटपछि वाङ र लाभ्रोभ दुवैले मस्को हितमा युद्ध अन्त्य हुनुपर्ने बताएको बीबीसीले जनाएको छ ।

रुसी सञ्चारमाध्यमका अनुसार वाङ राष्ट्रपति भ्लादिमिर पुटिनलाई बेइजिङ भ्रमणको निमन्त्रणा दिनका लागि मस्को पुगेका हुन् । उत्तर कोरियाली शासक किम जोन उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी चेतावनीबीच सहकार्यको सम्झौता गर्न लागेको अवस्थामा वाङ त्यहाँ पुगेका हुन् ।

चीनको विदेश मन्त्रालयका अनुसार रणनीतिक सुरक्षा परमार्शका लागि वाङ चार दिने भ्रमणका लागि रूस पुगेका हुन् । रुसको विदेश मन्त्रालयले भने दुई विदेशमन्त्रीबीच युक्रेन युद्धबारे छलफल भएको बताएको छ ।  दुई नेताले आपसी सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल गरेका थिए ।

 

प्रकाशित : 19 September, 2023

प्रतिक्रिया दिनुहोस्