केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारद्धारा ९ सय ६२ जना विद्या भूषणबाट विभूषित

सहयात्रा टिभी

काठमाडौँ । असोज २,  सरकारद्धारा ९ सय ६२ जना विद्या भूषणबाट विभूषित गरेको जानकारी प्राप्त भएको छ ।

सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने ९ सय ६२ जनालाई विद्या भूषणबाट विभूषित गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विभूषित हुनेहरूको नामावली प्रकाशन गरेको छ ।

विभूषित हुनेहरूमा नेपाल विद्या भूषण (क) तर्फ ७ सय ९० जना, नेपाल विद्या भूषण (ख) तर्फ ७१, नेपाल विद्या भूषण (ग) तर्फ ४४ जना, नेपाल छात्रा विद्या पदक (क) तर्फ २८ जना, नेपाल छात्रा विद्या पदक (ख)  तर्फ १८ जना छन् ।

र नेपाल प्रविधि विद्या भूषण तर्फ ११ जना गरी कुल ९ सय ६२ जनालाई विभूषित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ ।

 

 

प्रकाशित : 19 September, 2023

प्रतिक्रिया दिनुहोस्