केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मेसी र रोनाल्डोविहीन यूईएफए च्याम्पियन्सको नयाँ सिजन सुरु

सहयात्रा टिभी

काठमाडौँ । असोज २, युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजन आज मंगलबारदेखि सुरु हुँदैछ ।

तर पछिल्लो दशक विश्व फुटबलमा राज गरेका दुई सुपर स्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो यस पटक च्याम्पियन्स लिगमा हुने छैनन् ।

गतसिजन पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको म्यानचेष्टर सिटीसहित इंग्लिस प्रिमियर लिग खेल्ने आर्सनल, म्यानचेष्टर युनाइटेड र न्युकासलले यस सिजन च्याम्पियन्स लिग खेल्दैछन् ।

न्युकासल २० वर्षपछि च्याम्पियन्स लिगमा छनोट भएको हो । म्यानचेष्टर सिटी उपाधि रक्षा गर्ने अभियानमा छ ।

 

 

प्रकाशित : 19 September, 2023

प्रतिक्रिया दिनुहोस्