केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शिक्षा मन्त्रालयले बोलाएको वार्ता शिक्षक महासंघद्धारा अस्वीकार

सहयात्रा टिभी

काठमाडौँ । असोज २, नेपाल शिक्षक महासंघले सरकारसँगको वार्ता अस्वीकार गरेको छ ।

महासंघले पठनपाठन रोकेर आन्दोलन गर्ने घोषणा गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार ३ बजे वार्तामा बोलाएको थियो ।

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघले भोलि संविधान दिवसको दिनबाट विद्यालय बन्दसहितको आन्दोलन घोषणा गरेको छ ।

मन्त्रालयले भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको नेतृत्वमा वार्ता समिति बनेको भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरेको थियो ।

तर शिक्षक महासंघ वार्तामा नगएको हो । ‘जुन ठाउँबाट समस्याको समाधान हुँदैन, त्यहाँ वार्तामा जानुको अर्थ छैन’, महासंघका महासचिव लक्ष्मीकिशोर सुदेवीले भने ।

 

 

प्रकाशित : 19 September, 2023

प्रतिक्रिया दिनुहोस्