कार्यवाहक प्रधानमन्त्री खड्काद्धारा संविधान दिवस मूल समारोहलाई सम्बोधन

सहयात्रा टिभी

काठमाडौँ । असोज ३, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधानका आधारस्तम्भहरु क्रमशः सबल बन्दै गएसँगै देशमा राजनीतिक स्थायित्व कायम भएको बताएका छन् ।

अबको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय भएको पनि उनले बताए ।

काठमाडौंको टुँडिखेलमा आज बिहान आयोजित संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले सो कुरा बताएका हुन् ।

सरकारको अबको कार्यभार पूरा गर्न भौतिक पूर्वाधारका साथै आर्थिक र सामाजिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने भन्दै नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशीघ्र साकार तुल्याउन सबै जुट्नुपर्ने उनले बताए ।

जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाई समतामुलक समाजको निर्माण गर्नु साझा दायित्व भएको कार्यवाहक प्रधानमन्त्री खड्काको भनाइ छ ।

संविधानको मर्म र भावनाबमोजिम नागरिकलाई खुसी एवं सम्पन्न बनाउन, सुशासनको प्रत्याभूति दिएको र भ्रष्टाचार अन्त्य गर्न राज्यका सम्पूर्ण संयन्त्रहरुलाई प्रभावकारी रुपमा परिचालन गरिएको उनले जानकारी दिए ।

 

 

प्रकाशित : 20 September, 2023

प्रतिक्रिया दिनुहोस्