एसियन गेम्सअन्तर्गत पुरुष भलिबलमा नेपाल ३–० ले इरानसँग पराजित
सहयात्रा टिभी
काठमाडौँ । असोज ३, एसियन गेम्सअन्तर्गत पुरुष भलिबलमा आज भएको दोस्रो खेलमा नेपाल ३–० ले इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
आज भएको खेलमा नेपाल इरानसँग २५–९, २५–१४ र २५–१३ ले पराजित भएको हो । मंगलबार भएको पहिलो खेलमा बहराइनसँग ३–१ ले पराजित भएको थियो ।
आजको हारसँगै नेपाल जितबिहिन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।