प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट

सहयात्रा टिभी

न्यूयोर्क । अ सोज ४, संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्कमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता भएको छ ।

राष्ट्र सङ्घको मुख्यालयमा हिजो भएको भेटमा प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको हो ।

दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललगायत सहभागी थिए । प्रधानमन्त्री दाहालले राष्ट्र सङ्घको फोरममा भेटघाट तथा संवादलाई निरन्तरता दिइरहेका छन् ।

प्रकाशित : 21 September, 2023

प्रतिक्रिया दिनुहोस्