केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली नागरिकता लिन चाहने गैरआवासीयले अब शपथ खानुपर्ने

सहयात्रा टिभी

काठमाडौँ । असोज ४, नेपाली नागरिकता लिन चाहने गैरआवासीय नेपालीले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्ने भएको छ।

गत भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले पारित गरेको नेपाल नागरिकता नियमावली तेस्रो संशोधनमा शपथको व्यवस्था राखिएको छ।

नागरिकतासम्बन्धी ऐनले नेपालीलाई नागरिकता दिने व्यवस्था गरिसकेको भएता पनि नियमावली नबन्दा गैरआवासीय नेपालीहरूले नागरिकता लिन सकेका थिएनन्।

गत जेठ १७ गते सरकारले नागरिकता ऐनमा गैरआवासीय नेपालीले नागरिकता पाउन सक्नेगरी संशोधन गरेको थियो। संशोधित ऐनको दफा ७ (क)मा नेपाली नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिलाई तोकिएबमोजिम शपथ गराउनुपर्ने उल्लेख छ।

सोही ऐनबमोजिम बनेको नियमावलीले शपथको व्यहोरा र ढाँचा तयार पारेको छ।

‘म….. ईश्वर ,देश र जनताको नाममा शपथ लिन्छु, र सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु कि नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण रूपमा बफादार रही श्रद्धा एवं सत्य निष्ठापूर्वक गैरआवसीय नेपाली नागरिकका रूपमा आफ्नो कर्तव्य पालना गर्नेछु,’ नियमावलीको अनुसूची ८ (च) मा रहेको शपथको व्यहोरामा उल्लेख छ।

 

प्रकाशित : 21 September, 2023

प्रतिक्रिया दिनुहोस्