केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारद्धारा मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न ऐन संशोधन

सहयात्रा टिभी

काठमाडौँ । असोज ४, सरकारद्धारा मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरेको  छ ।

लेनदेनसम्बन्धी तमसुक र लिखतहरु ११ भित्र स्थानीय तहबाट प्रमाणीकरण गर्नुपर्ने भएको छ ।

१२ साउन २०८० मा उक्त ऐन संशोधन प्रमाणीकरण भएकाले लेनदेनसम्बन्धी तमसुक र लिखत स्थानीय तहबाट प्रमाणीकरण गर्न ६ महिनाको समय अर्थात् आगामी ११ माघसम्मको समय दिएको जानकारी प्राप्त भएको छ ।

मुलुकी देवानी कार्यविधि संहिताको दफा ३६ मा (३) मा ५० हजार रुपैयाँ भन्दा बढीको घरसारमा तयार भएको लिखत सम्बन्धित पक्षहरु स्थानीय तह वा वडा कार्यालयमा उपस्थित भई प्रमाणित गराउनुपर्ने व्यवस्था छ ।

हालै भएको संशोधनपछि दफा ३६ मा उपदफाहरु थप गरिएको छ । दफा ३६ (३) को (क) मा यो उपदफा प्रारम्भ हुँदाका बखत सम्बन्धित स्थानीय तह वा वडा कार्यालयबाट प्रमाणित नगराइएको लेनदेन कारोबारका लिखतहरु ६ महिनाभित्र प्रमाणित गराउने व्यवस्था छ ।

ऐनमा लेनदेनमा संलग्न कुनै पक्ष नेपाल बाहिर रहेको अवस्थामा फर्की आएको मितिले ६ महिनाभित्र लिखत प्रमाणित गराउनुपर्ने व्यवस्था पनि गरेको छ । साहु वा ऋणी कोही विदेश गएको भए हकवाला वा संरक्षकले पनि लिखत प्रमाणीकरण गराउन सक्नेछन् ।

 

प्रकाशित : 21 September, 2023

प्रतिक्रिया दिनुहोस्