भन्सारका ५ कर्मचारीलाई भ्रष्टाचारको कसुरमा पनि अनुसन्धान गर्न सिफारिस

सहयात्रा टिभी

काठमाडौँ । असोज ४, जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ५ जना भन्सार कर्मचारीलाई भ्रष्टाचारको कसुरमा पनि अनुसन्धान गर्न सिफारिस गरेको छ ।

राजश्व अनुसन्धान विभागले २ साउनमा विमानस्थल भन्सारको जाँच पास भएर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । १९ दिनसम्म अनुसन्धान गरेर प्रकरणमा संगठित अपराधको तत्व देखिएको भन्दै विभागले सम्पूर्ण अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो ।

निर्णय अनुसार, छानिबन गर्न भन्दै सरकारी वकिलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाएको छ ।

सरकारी वकिलले सुन प्रकरणमा संलगन दावा छिरिङसहित १६ जनामाथि शम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत छानबिन गर्न समेत सिफारिस गरेको छ ।

दावा पत्नी अमला रोकासहितलाई छानबिन गर्न भन्दै सरकारी वकिलको कार्यालयले विभागमा पत्राचार गरेको छ ।

सरकारी वकिल स्रोतका अनुसार, दावा र अमलासहित जीवन चलाउने, किशोर बस्नेत, हर्कराज राई, कृष्णकुमार श्रेष्ठ, पुस्करराज श्रेष्ठ, राजेन्द्रकुमार राई, सुदर्शन गौतम, रुकमिना सुब्बा, रामकुमार भुजेल, यादव पराजुली, दिलिप भुजेल, सुमन खरेल, शिवकुमार सरार्फ र भोला शाह सुनारलाई सम्पत्ति शुद्धिकरण अन्तरगत पनि छानबिन गर्न भनिएको छ ।

संगठित अपराधमार्फत गैरकानूनी सम्पत्ति आर्जन गरेको र त्यसलाई विभिन्न व्यवसायमा लगानी तथा लुकाउने उद्देश्यले लेयरिङ गरेर सम्पत्ति बढाएको हुनसक्ने भन्दै छानबिन गर्न सरकारी वकिलले भनेको छ ।

 

प्रकाशित : 21 September, 2023

प्रतिक्रिया दिनुहोस्