नेप्सेमा उच्च अङ्कले बढेर हरियाली छायो

सहयात्रा टिभी

काठमाडौँ । असोज ४, शेयर बजार आज बिहीवार उच्च अङ्कले बढेर हरियाली छाएको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ३४ अङ्कले बढेर दुई हजार २९ दशमलव ७८ विन्दुमा पुगेको हो ।

आज सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ । एक करोड १२ लाख कित्ता शेयर तीन अर्ब २९ करोड ३९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सन लाइफ नेपाल इन्सुरेन्स कम्पनीको २० करोड १८ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

 

प्रकाशित : 21 September, 2023

प्रतिक्रिया दिनुहोस्