प्रधानसेनापति शर्मा इन्डो-प्यासिफिक सम्मेलनमा सहभागी हुन भारत जाने
सहयात्रा टिभी
काठमाडौं । असोज ५, प्रधानसेनापति प्रभुराम शर्मा १३ औँ ‘इन्डो–प्यासिफिक’ सम्मेलनका सहभागी हुन भारतको नयाँ दिल्ली जाने भएका छन् ।
भारतको नयाँ दिल्लीमा ८ देखि १० असोजसम्म हुने सम्मेलनका सहभागी हुन शर्मा ७ असोजमा दिल्ली जाने भएका हुन् ।
पहिले ‘प्यासिफिक कमान्ड’ भनिने यो संगठनलाई गएको चार वर्षदेखि ‘इन्डो–प्यासिफिक’ भनिएको छ । शर्माको भ्रमणलाई मन्त्रिपरिषद्को २३ भदौको बैठकले स्वीकृत गरेको थियो ।
प्रधानसेनापति शर्मा नेतृत्वको टोलीमा उपरथी योगराज शर्मा, महासेनानी वसन्त बहादुर गौतम र सेनाका प्रमुख सुवेदार रत्नबहादुर थापा मगर पनि सहभागी हुने नेपाली सेनाले जनाएको छ ।