कोशीमा कांग्रेसको संस्थापनइतर पक्षले नै माग्यो थापाको राजीनामा

सहयात्रा टिभी

काठमाडौं । असोज ५, नेपाली कांग्रेसको संस्थापनइतर पक्षले कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको राजीनामा माग गरेको छ ।

दुई पटक मुख्यमन्त्री नियुक्त भए पनि सर्वोच्च अदालतको आदेशपछि पदमुक्त भएका थापाको नैतिकताका आधारमा संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने नेताहरुको माग छ ।

कांग्रेस संसदीय दलको निर्वाचनमा थापासँग प्रतिस्पर्धा गरेका संस्थापनइतर समूहका नेता केदार कार्कीले दलका नेता उद्धव थापाले नैतिकताका आधारमा निकास दिनुपर्ने बताए ।

 

 

प्रकाशित : 22 September, 2023

प्रतिक्रिया दिनुहोस्