केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिम्रौनगढका अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सहयात्रा टिभी

काठमाडौँ । असोज ७, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सिम्रौनगढ–८ कचोर्वास्थित जनता माविको भवन निर्माणवापतको रकम उपभोक्ता समितिलाई दिने क्रममा अनियमितता गरेको आरोपमा अख्त्यिारले मरासेनी र चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले जनता माविको भवन निर्माण उपभोक्ता समितिका अधयक्ष रामबाबु प्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार उनीहरुले निर्माण काममा खर्च भएको रकम भन्दा ६ लाख ५८ हजार ४४० रुपैयाँ १६ पैसा बढी भुक्तानी दिएको देखिएको छ ।

 

प्रकाशित : 24 September, 2023

प्रतिक्रिया दिनुहोस्