केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्से र अपर लोहोरे खोला हाइड्रोपावरबीच सेयर सूचीकरण सम्झौता

सहयात्रा टिभी

काठमाडौँ । असोज ७, अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । ७ असोज आइतबार नेप्से र अपर लोहोरे खोला हाइड्रोपावर बीच सेयर सूचीकरण सम्झौता भएको हो ।

कम्पनीको कुल ५० लाख ९८ हजार ४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सार्वजनिक निष्कासन भएको ४ लाख ९८ हजार ४० कित्ता र संस्थापक सेयरधनीको २६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै सोमबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ । नेप्सेमा सूचीकृत भएसँगै सोमबार नेप्सेको स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको सेयर पहिलो कारोबार भएमा दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

कम्पनीले १८ देखि २२ साउनसम्म सर्वसाधारणलाई सेयर जारी गरेको थियो ।

 

प्रकाशित : 24 September, 2023

प्रतिक्रिया दिनुहोस्