केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्सेमा दोहोरो अंकको गिरावट

सहयात्रा टिभी

काठमाडौँ । असोज ७, सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से १९.४२ अंकले गिरावट भएर २०१०.३५ को विन्दुमा बन्द भएको छ ।

नेपाल राष्ट्र बैंक मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा पुनरवलोकन गर्ने भएपछि गत बिहीबार ४४ अंकको उच्च वृद्धि भएको नेप्से आइतबार भने दोहोरो अंकको गिरावट भएको छ ।

लगातार ३ कारोबार दिन बढेर गत बिहीबार २०२९.७८ को विन्दुमा बन्द भएको नेप्से आइतबार ०.९५ प्रतिशतले गिरावट भएको हो।

आइतबार नेप्सेमा कुल २३१ सूचीकृत कम्पनीको सेयर करोबार भएकोमा १६६ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ६२ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३ कम्पनीको स्थिर छ ।

 

 

प्रकाशित : 24 September, 2023

प्रतिक्रिया दिनुहोस्