केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानसेनापति शर्मा ‘इन्डो–प्यासिफिक’ सम्मेलनका लागी भारत प्रस्थान

सहयात्रा टिभी

काठमाडौँ । असोज ७, प्रधानसेनापति प्रभुराम शर्मा १३ औँ ‘इन्डो–प्यासिफिक’ सम्मेलनका सहभागी हुन भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

भारतको नयाँ दिल्लीमा ८ देखि १० असोजसम्म अमेरिकी सेना र भारतीय सेनाले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनम सहभागी हुन शर्मा आज दिल्ली प्रस्थान गरेका हुन् ।

पहिले ‘प्यासिफिक कमान्ड’ भनिने यो संगठनलाई गएको चार वर्षदेखि ‘इन्डो-प्यासिफिक’ भनिएको छ । शर्माको भ्रमणलाई मन्त्रिपरिषद्को २३ भदौको बैठकले स्वीकृत गरेको थियो ।

प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोज प्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने भएका छन् ।

प्रधानसेनापति शर्मा नेतृत्वको टोलीमा उपरथी योगराज शर्मा, महासेनानी वसन्तबहादुर गौतम र सेनाका प्रमुख सुवेदार रत्नबहादुर थापा मगर पनि सहभागी छन् ।

 

प्रकाशित : 24 September, 2023

प्रतिक्रिया दिनुहोस्