गाईको चित्र अङ्कित मेडालियन सिक्काको बिक्री वितरण शुरु

सहयात्रा टिभी

काठमाडौँ । असोज ७, नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपछि पुराना मेशिनहरू मर्मत गरी मुद्रणसम्बन्धी काम शुरु गरेको छ ।

महाशाखाले आज आइतवारदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ुमेडालियन सिक्काु को बिक्रीरवितरण शुरु गरेको छ । टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले सिक्का सार्वजनिक गर्नुभयो ।

महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री शुरु गरेको हो । १० ग्राम सिक्काको मूल्य १६ सय रुपैयाँ र २५ ग्राम सिक्काको चार हजार रुपैयाँ निर्धारण भएको छ ।

बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको टक्सार महाशाखाले जनाएको छ । दर उल्लेख नगरि निष्कासन गरिएको सिक्कालाई मेडालियन भनिन्छ ।

 

प्रकाशित : 24 September, 2023

प्रतिक्रिया दिनुहोस्