फ्रेन्च लिग वान : पीएसजीको सानदार जित

सहयात्रा टिभी

काठमाडौँ  । असोज ८,  फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ ।

गएराति भएको खेलमा मार्सेलाई ४–० गोलले हराउँदै पीएसजीले फराकिलो जित निकालेको हो । पीएसजीका लागि गोन्कालो रामोसले दुई तथा अचर्फ हाकिमी र रान्डल कोलो मुआनीले एक–एक गोल गरेका थिए ।

यो जितसँगै पीएसजी ६ खेलबाट ११ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । पराजित भएको मार्से ९ अंकका साथ सातौँ स्थानमा छ । यो खेलमा पीएसजीका स्टार खेलाडी केलिएन एम्बाप्पे घाइते भएका थिए । जसका कारण उनीले ३२औँ मिनेटमै मैदान छाडेका थिए ।

एंकल इन्जुरीका कारण मैदान छाडे पनि उनको अवस्था सामान्य रहेको प्रशिक्षक लुइस इनरिकले पुष्टि गरेका छन् । एम्बाप्पेले मैदान छाड्दा पीएसजीले १–० को अग्रता बनाएको थियो भने पछि ३ गोल थपेको थियो ।

प्रकाशित : 25 September, 2023

प्रतिक्रिया दिनुहोस्