सल्यानमा जिप दुर्घटना २ जनाको मृत्यु

सहयात्रा टिभी

रुपन्देही । असोज ८, सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते छन् ।

रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप सोमबार बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिकै दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल श्रेष्ठका अनुसार मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा परी दाङ तुलसीपुरका ३५ वर्षीय नारायण योगी घाइते भएका छन् ।

प्रकाशित : 25 September, 2023

प्रतिक्रिया दिनुहोस्