चीनमा जारी १९औं एसियाडको जुडोमा नेपालको यात्रा समाप्त
सहयात्रा टिभी
काठमाडौं । असोज ९, चीनको हान्झाउमा जारी १९औं एसियाडको जुडोमा नेपालको यात्रा समाप्त भएको छ ।
मंगलबार जुडोमा प्रतिस्पर्धा नेपालका दुई खेलाडी पराजित भएपछि जुडोमा नेपालको प्रतिस्पर्धा सकिएको हो ।
जियोसन लिन्पु जिम्न्याजियममामा भएको जुडोको खेलमा पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल इप्पोनका आधारमा पराजित भए । उनलाई काजाकिस्तानका क्रिकबे गालिमजानले १ मिनेट ७ सेकेन्डमा हराए ।
यस्तै महिला ७८ केजीमाथि नेपालकी आकृति जोशी उज्वेकिस्तानकी रिनिता इल्माटोभासँग इप्पोनकै आधारमा हारिन् । आकृति म्याटमा २७ सेकेन्ड मात्र टिक्न सकिन् ।
जुडोमा नेपालबाट ४ महिला र ४ पुरुष गरी कूल ८ खेलाडी सहभागी थिए । तर कुनै पनि खेलाडी क्वाटरफाइनलसम्म पुग्न सकेनन् । नेपाली खेलाडीको यात्रा अन्तिम १६ मै समाप्त भयो ।