सभागृह अगाडि सुन्निएको खुट्टाले उभिरहेका ई
काठमाडौं । असोज ९, प्लास्टिकको निलो चप्पल लगाएका खुट्टा सुन्निएको अवस्थामा पनि ई आफ्नो मागको लागी उभिरहेका छन्।
आफूलाई ई भनेर चिनाउने उनि एक हप्तादेखि राष्ट्रियसभा गृह अगाडि उभिरहेका छन् । निलो टिसर्ट । कालो हाफ पाइन्ट । मोटो, अग्लो शरीर । यो शरीरलाई टेको दिइरहेको सानो लट्ठी । यी हुन् ‘ई’ ।
काठमाण्डौ महानगरले सडक पेटीमा व्यापार निषेध गरेको छ । यदाकदा भेटिइ हाल्यो भने नगर प्रहरीले व्यापारीको सामान खोस्ने, ठेला गाडा जफत गर्ने गरेको छ । यतिले नपुगेर हातपातसमेत हुने गरेको छ । ई को विरोध यसैमा हो ।
यदि वार्ता भएन भने निराश हुनुबाहेक अर्को विकल्प नभएको ई को भनाइ छ । आफू व्यक्ति भएको र कुनै दल सङ्गठन नभएकोले शरीरले साथ दिएसम्म घच्घच्याउने ई को लक्ष्य छ ।
कतिपयलाई ई भनेको के हो भन्ने जिज्ञासा पनि रहने गर्छ । तर, १४ वर्षदेखि विभिन्न अभियानमा हिँड्न थालेको बताउने ई जात, समुदायको सम्बन्धबाट आफूलाई अलग बनाउन ई नामबाट चिनिन चाहेको पनि बताउछन् । उनि भन्नछन् ‘म आफूलाई ई मात्र भन्छु ।’