संसदीय समितिका विषयगत सभापतिहरुलाई धुलिखेलमा प्रशिक्षण

सहयात्रा टिभी

काठमाडौं । असोज ९, संघीय संसदका संसदीय विषयगत समिति सभापतिहरुलाई प्रशिक्षण दिइँदैछ ।

बुधबार र बिहीबार ललितपुरको धुलिखेल माउण्टेन रिसोर्टमा समिति सभापतिहरुका लागि ‘कानुन निर्माण, निगरानी र समिति प्रभावकारिता’ विषयक कार्यक्रम राखिएको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को संसद विकास परियोजना अन्तर्गतको आर्थिक सहयोग र संसद सचिवालयको व्यवस्थापनमा आयोजित कार्यक्रममा संघीय संसदका सबै विषयगत समितिका सभापतिलाई आमन्त्रण गरिएको छ ।

कार्यक्रममा संसद सचिवालयका महासचिव भरतराज गौतम, सचिवहरु पद्मप्रसाद पाण्डे, डा. सुरेन्द्र अर्याल, सुदर्शन खड्का, डा. रोजनाथ पाण्डे लगायतको सहभागिता रहनेछ ।

बुधबार एउटा सत्र सञ्चालन हुनेछ । जहाँ पूर्वसांसद विन्दा पाण्डेले ‘संसदीय समितिको प्रभावकारितामा ध्यान दिनुपर्ने पक्षहरुबारे’ बारे प्रस्तुति गर्नेछिन् ।

समितिको निर्णय लेखन तथा अनुमोदन, समय व्यवस्थापन, मिडियासँगको सम्बन्ध लगायतका विषयमा पाण्डेको प्रस्तुतिकरण केन्द्रित रहनेछ ।

बिहीबार दुई वटा सत्र चल्नेछ । पहिलो सत्रमा संविधानसभा सदस्य खिमलाल देवकोटाले ‘संसदीय समितिमार्फत सरकारका कामकारबाहीमाथिको निगरानी’का सम्बन्धमा प्रस्तुतीकरण गर्नेछन् ।

दास्रो सत्रमा नेपाल सरकार पूर्वसचिव माधव पौडेलले ‘विधेयक परिमार्जन र सुधारमा संसदीय समिति र सांसदहरुको भूमिका’बारे प्रस्तुत रहनेछ ।

उक्त कार्यक्रममा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति पोखरेल भने अनुपस्थित रहने भएका छन् । १२ गतेबाट सुरु हुने कोशी प्रदेश अधिवेशनमा पनि जाने तय भएको कारण अनुपस्थित रहने जानकारी दिएका छन्।

प्रकाशित : 26 September, 2023

प्रतिक्रिया दिनुहोस्