नेप्से आज दोहोरो अङ्कले बढ्यो
सहयात्रा टिभी
काठमाडौं । असोज ९, हिजो र अस्ति घटेको शेयर बजार परिसूचक नेप्से आज दोहोरो अङ्कले बढेको छ ।
नेप्से आज १८ दशमलव ४५ अङ्कले बढेर २ हजार २२ दशमलव ९१ विन्दुमा पुगेको छ ।
आज होटल र पर्यटनबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत् समूहको उच्च अङ्कले उकालो लागेको छ ।
आज ८७ लाख ४ हजार कित्ता शेयर २ अर्ब ९ करोड ३८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ८ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।