सम्पर्कमा नरहेका २२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ । असोज १०, नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
हेडक्वाटरले आज गैरहाजिर प्रहरीहरुको नामावलीसहित सार्वजनिक गर्दै एक सात भित्र कार्यालयमा हाजिर हुन आउन निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।