मणिपालको कमाण्ड सम्हाल्ने जोशी प्रधान कार्यालयमा तानिए

काठमाडौँ । असोज १०, मणिपाल शिक्षण अस्पतालमा विरामीको मृत्युपछिको तनाब व्यवस्थापनमा खटिएका बैदाम प्रहरी प्रमुख डीएसपी वेद जोशी प्रहरी प्रधान कार्यालयमा तानिएका छन् ।
मणिपालमा लमजुङकी ५७ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएपछि सोमबारदेखि तनाव भएको थियो । सोही क्रममा मृतकका आफन्त र स्थानीयबासिन्दाका साथै प्रहरीबाटै डाक्टरमाथि आक्रामण भएको थियो ।
मृतकका आफन्त र चिकित्सकबीच तनावपूर्ण अवस्था भइरहेको बेलामा सुरक्षामा खटिएका प्रहरी निरीक्षक मदन श्रेष्ठले ‘डाक्टरलाई साप चुटेर आएँ’ भन्दै आक्रोसित भीडलाई उक्साएका थिए ।
डाक्टर कुटेँ भन्ने प्रहरी निरीक्षक श्रेष्ठ निलम्वनमा परेको र कमाण्ड सम्हालेका जोशी हेडक्वाटर तानिएको प्रदेश प्रहरी प्रमुख वुद्धिबहादुर गुरुङले जानकारी दिए ।
मणिपाल अस्पताल वडा प्रहरी कार्यालय बैदानको कार्यक्षेत्र भित्र नपर्ने भए पनि थप सहयोगका लागि जोशीलाई सुरक्षाको नेतृत्व दिएर पठाइएको थियो ।
जोशीले आफ्नो कार्यक्षेत्र नपर्दा पनि आफूले निभाउनुपर्ने दायित्व भने निभाएको र आदेशको पालना पनि गरेको बताए । गत फागुनमा जोशी बैदाम प्रहरी प्रमुख आएका थिए । यसअघि जोशी जिल्ला तानिएको भनिए पनि उनी काजमा हेडक्वाटर नै तानिएको गुरुङले पुष्टि गरे ।
मणिपाल प्रकरणमा अहिले पनि चिकित्सक र मृतकका आफन्तबीच तनाब कायमै छ ।