निधारमा कालो पट्टि बाँधेर राहत शिक्षकहरुद्धारा प्रदर्शन

सहयात्रा टिभी

काठमाडौँ । असोज ११, राहत शिक्षकहरुले सडक आन्दोलनलाई बिहीबार पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले आज पनि काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा नाँचगानसहित निधारमा कालो पट्टि बाँधेर विरोध गरेका छन् ।

उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् ।

राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

 

 

 

 

प्रकाशित : 28 September, 2023

प्रतिक्रिया दिनुहोस्