अझै खुलेन दशैँका लागि हवाई र बसको टिकट बुकिङ

सहयात्रा टिभी

काठमाडौं । असोज १३, दसैँ आउन १५ दिन मात्रै बाँकी रहँदा पनि बस व्यवसायीले टिकट बुकिङ खोल्न चासो दिएका छैनन् । यता, आर्थिक मन्दीका कारण आन्तरिकतर्फका हवाई उडानको टिकट बुकिङमा पनि कमी आएको छ ।

वायुसेवा सञ्चालक संघका अनुसार आन्तरिकतर्फका उडानको टिकट ५० प्रतिशतभन्दा बढी बुकिङ भइसकेका छन् भने सस्तो टिकट सकिइसकेका छन् । तर विगतको भन्दा यो वर्षको टिकट बुकिङ कम हो । यो समयसम्म ८० प्रतिशत टिकट बुकिङ भइसक्नुपर्ने भए पनि आर्थिक मन्दी र टिकटमा लागेको भ्याटका कारण बुकिङमा उत्साह नदेखिएको संघका प्रवक्ता युवराज कँडेलको भनाइ छ ।

दसैँ-तिहारका बेला सबैभन्दा बढी यात्रु बोक्ने लामो दूरीका बसको भने अहिलेसम्म टिकट खुलेको छैन । यसका लागि सरकार र व्यवसायी दुवै पक्षले प्रयास गरेका छैनन् । स्वचालित भाडादर लागु हुनुपर्ने माग राख्दै आएका व्यवसायीले वर्षाका कारण बिग्रिएका सडक मर्मत नभएसम्म टिकट नखुलाउने बताएका छन् ।

दसैं-तिहार मनाउन बर्सेनि १८ लाखदेखि २० लाख मानिस उपत्यकाबाट बाहिरिने गरेको ट्राफिक प्रहरीको अनुमान छ ।

प्रकाशित : 30 September, 2023

प्रतिक्रिया दिनुहोस्