अनमोल केसीलाई सरकारी वकिलको कार्यालयमा लगियो

सहयात्रा टिभी

काठमाडौं । असोज १४, तीन घण्टा लामो सोधपुछपछि अभिनेता अनमोल केसीलाई सरकारी वकिलको कार्यालयमा लगिएको छ ।

 

प्रहरीले महानगरीय प्रहरी परिसर टेकुमा केसीसँग सोधपुछ गरेको थियो ।

उक्त सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए । साथै, स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बताएका थिए ।

अनमोललाई भेट्न भुवन केसीकी छोरी तथा अनमोलकी दिदी काजल पनि पुगेकी थिइन् ।

उनलाई प्रहरीले अहिले जिल्ला अदालतमा उपस्थित गराउन लगिरहेको छ । फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्माताले अनमोलविरुद्ध उजुरी दिएका थिए ।

 

प्रकाशित : 1 October, 2023

प्रतिक्रिया दिनुहोस्