बाग्मती प्रदेशसभा बैठक बस्दै

सहयात्रा टिभी

हेटौँडा । असज १५, बागमती प्रदेश अन्तर्गत बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे प्रदेशसभा बैठक हेटौँडामा बस्नेछ । हिजो दुई पटक सञ्चालन भएको बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो ।

संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सरू गरिएको छ ।
सो विधेयकमाथि आजको बैठकमा पनि छलफल जारी रहने जनाइएको छ ।

प्रकाशित : 2 October, 2023

प्रतिक्रिया दिनुहोस्