दाङमा बस दुर्घटना, १४ जना घाइते

सहयात्रा टिभी

दाङ । असोज १५, दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको बस आज सोमवार बिहान ५ बजे दुर्घटनामा परेको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही-४ बन गाउँको बबइसोता पुलको साइडमा दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए । बस अनियन्त्रित भइ सडकदेखि १० मिटर तल खसेको उनले बताए ।

घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले चालक रामेछापको सुनपति गाउँपालिका-३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई नियन्त्रणमा लिएको छ । बसमा १६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 2 October, 2023

प्रतिक्रिया दिनुहोस्