केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसियाली क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने

सहयात्रा टिभी

काठमाडौँ । असोज १५, एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ ।

आज सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो ।

नेपाल र भारतको खेल मंगलबार बिहान चीनको समय अनुसार बिहान ९ बजे सुरु हुने छ ।

अरू क्वार्टरफाइनलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाले खेल्ने छन् ।

भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश विश्वकप क्रिकेटको तयारीमा छन् । त्यसैले उनीहरुले एसियाली खेलकुदमा दोस्रो श्रेणीको टिमलाई पठाएका छन् ।

 

प्रकाशित : 2 October, 2023

प्रतिक्रिया दिनुहोस्