केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसियाली खेलकुदको कबड्डीमा नेपाल पदक नजिक

सहयात्रा टिभी

काठमाडौँ । असोज १५, एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली पदकको नजिक पुगेको छ ।

चीनको हाङझाउ जिआओसान गुआली स्पोर्ट्स सेन्टरको कोर्ट–२ मा भएको समूह चरणको खेलमा आज बंगलादेशलाई हराउँदै नेपाल काँस्य पदकको नजिक पुगेको हो । नेपालले आज बंगलादेशलाई ३७–२४ ले पराजित गरेसँगै पदकको सम्भावना बढेको हो ।

बंगलादेशले समूह चरणको अन्तिम खेलमा इरानसँग खेल्नेछ । इरानले बंगलादेशलाई हराएको खण्डमा नेपाल सेमिफाइनलमा पुग्नेछ । साथै पदकको पक्का हुनेछ । समूह चरणको पहिलो खेलमा नेपाल इरानसँग हारेको थियो ।

प्रकाशित : 2 October, 2023

प्रतिक्रिया दिनुहोस्