केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धितोपत्र बोर्डद्धारा लगानीकर्ता शिक्षा र लगानीकर्ताको गुनासो सुनुवाइ सुरू

सहयात्रा टिभी

काठमाडौँ । असोज १५, नेपाल धितोपत्र बोर्डले लगानीकर्ता शिक्षा र लगानीकर्ताको गुनासो सुनुवाइ गर्न एआईमा आधारित च्याटबट सञ्चालनमा ल्याएको छ ।

सोमबार विश्व लगानीकर्ता सप्ताहको अवसरमा धितोपत्र बोर्डले आयोजना गरेको एक कार्यक्रमका बीच अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त च्याटबटको सुरूवात गरे । उक्त च्याटबटले लगानीकर्ताको जिज्ञासा र गुनासो राख्ने सहज प्लाटर्फम सुरू भएको बताए ।

लगानीका नयाँ-नयाँ औजार विकास भएको र सूचना क्रान्तिले नयाँ अवसरसँगै चुनौति आएको बताउँदै उनले भने, ‘त्यससँगै हामीले आफूलाई पनि तयार राख्नुपर्छ । लगानीकर्तामा साक्षरता बढाएर सबै लगानीकर्तालाई सचेत बनाउन जरूरी छ ।’

नेपालमा सेयर बजारको जानकारी सीमित लगानीकर्तामा रहेको भन्दै उनले उनीहरूले खेल्ने र कमाउने तर आम लगानीकर्ता फस्ने अवस्था आउनसक्ने खतरा रहेको बताए ।

 

 

प्रकाशित : 2 October, 2023

प्रतिक्रिया दिनुहोस्