केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्पेनको रात्रि क्लबमा आगलागीमा परी १३ को ज्यान गयो १४ जना अझै बेपत्ता

सहयात्रा टिभी

काठमाडौँ । असोज १५, स्पेनको एक रात्रि क्लबमा भएको आगलागीमा परेर ज्यान गुमानेको सङ्ख्या १३ पुगेको छ ।

 

आइतवार बिहान मर्सिया सहरको बाहिरी भागमा रहेको टेट्रे नाइट क्लबमा आगलागी भएको थियो ।

प्रहरीका अनुसार १४ जना अझै बेपत्ता छन् । त्यसैले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको बिबिसीले जनाएकोे छ । मर्सियाका मेयर जोसे बालेस्टाले आगलागीबाट ठूलो मानवीय क्षति व्यहोरेको बताउनुभयो ।

स्थानीय अधिकारीका अनुसार ४० जना अग्निनियन्त्रकले घटनास्थलमा काम गरिरहेका छन् र भत्किएको छानामुनि अझै धेरै पीडित हुन सक्ने अनुमान गरिएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 2 October, 2023

प्रतिक्रिया दिनुहोस्