केपी ओली प्रचण्ड माधव नेपाल एमाले


क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित

सहयात्रा टिभी

काठमाडौं । असोज १६, चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो । नेपालले ९ विकेट गुमाएर १७० रन मात्रै बनायो । नेपाली ब्याटरले उत्कृष्ट प्रदर्शन गरे पनि जित निकाल्न सकेनन् ।

टस जितेर ब्याटिङ गरेको भारतले यशस्वी जैसवालको शतक मद्दतमा निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

 

 

 

प्रकाशित : 3 October, 2023

प्रतिक्रिया दिनुहोस्