केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चीनमा जारी १९औं एसियाली खेलकुदको ब्याडमिन्टनमा रशिला विजयी

सहयात्रा टिभी

काठमाडौं । असोज १६,चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनको महिला सिंऊल्समा नेपालकी रशिला महर्जन विजयी भएकी छन् ।

बिनजियाङ जिम्न्यासियममा मंगलबार भएको अन्तिम ३२ को खेलमा रशिलाले मंगोलियाकी म्याग्मार्तेसेरनलाई २१-४, २१-७ ले पराजित गरिन् ।

जितपछि रशिला अन्तिम १६ मा प्रवेश गरेकी छन् । उनले अब जापानकी नात्सुकी निदाइरा र चीनकी एचई बिनगिजाओबीचको खेलको विजेतासँग खेल्नेछिन् ।

महिला सिंगल्सकै अर्को खेलमा नेपालकी अनुमाया राई भने थाइल्याण्डकी पोर्नपावी चोचुवोङसँग २१-४, २१-७ ले पराजित भइन् ।

 

प्रकाशित : 3 October, 2023

प्रतिक्रिया दिनुहोस्