केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्ड अवरुद्ध

सहयात्रा टिभी

काठमाडौं । असोज १६,पहिरोका कारण मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्ड गए रातिदेखि अवरुद्ध भएको छ ।

पहिरोले म्याग्दी खण्डमा पर्ने बेनी–जोमसोम सडकअन्तर्गत विभिन्न चार ठाउँमा सडक अवरुद्ध बनाएको हो ।

वर्षासँगै सडकभन्दा माथिबाट खसेको पहिरोले म्याग्दीको रघुगंगा गाउँपालिका–२, बैंसरी, कुलौटे, अन्नपूर्ण–२, नैनीबगर र ३ नम्बर वडा दानाको गुइँठेमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

यसैगरी बेनी–दरबाङ सडक खण्ड पनि दुई ठाउँमा पहिरो खसेपछि अवरुद्ध भएको छ ।

बेनी–दरबाङ सडक खण्डको बेनी नगरपालिका–४, घुमाउनेभीर र मालिका गाउँपालिका–६, बाङ्गेपहिरोमा सडक अवरुद्ध भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनुभयो ।

सडक अवरुद्ध भएपछि मुस्ताङको कागबेनीमा सोह्रश्राद्ध र मुक्तिनाथ दर्शन गर्न जाने तीर्थयात्रीहरु, मुस्ताङ भ्रमणमा निस्किएका पर्यटक, कर्मचारीलगायत समस्यामा परेका छन् ।

पहिरोकै कारण मुस्ताङको स्याउ ढुवानीमा समेत समस्या भएको छ । अहिले सडक अवरुद्ध भएपछि मुस्ताङ जाने र फर्किएका गाडीहरु बीच सडकमै रोकिएका छन् । वर्षा रोकिएपछि मात्रै सडक मर्मत गरेर खुलाइने प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 3 October, 2023

प्रतिक्रिया दिनुहोस्