बझाङमा ६.३ रेक्टर स्केलको भूकम्प
सहयात्रा टिभी
काठमाडौं । असोज १६, सुदूरपश्चिम क्षेत्र बझाङमा ५.३ रेक्टर स्केलको भूकम्प गएको आधा घन्टामा अर्को भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो ।
त्यसको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।
भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।