सुगमसंगीतकी चर्चित गायिका दिलमाया खातीको निधन

काठमाडौं । असोज १७, नेपाली सुगमसंगीतकी चर्चित गायिका दिलमाया खातीको निधन भएको छ ।
उनले ‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा,’ ‘सम्झेर बुझेर दिइहाल त्यो जोवन,’ ‘खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती’ लगायतका गीत गाएकी छन् । दमबाट पीडित ८४ वर्षीया खातीको गएराति निधन भएको हो ।
दार्जिलिङमा जन्मिएकी उनले नेपाली भाषाका एक सयभन्दा बढी गीतहरु गाएकी छन् ।