केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारद्धारा जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति

सहयात्रा टिभी

काठमाडौं । असोज १७, सरकारले युरोपेली देश जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको जनाएको छ ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले ती दुई देशसँग श्रम सम्झौता गर्न स्वीकृति दिने र यस सम्बन्धी कार्यक्रममा सहभागी हुन श्रममन्त्री शरत्सिंह भण्डारी नेतृत्वको प्रतिनिधिमण्डललाई तोकिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

नेपाल र रोमानीयाबीच आउने शुक्रबार श्रम सम्झौता हुदैछ । यसका लागि श्रममनत्रीसहितको प्रतिनिधिमण्डल आज बुधबार रोमानीया जाँदै छ ।

 

प्रकाशित : 4 October, 2023

प्रतिक्रिया दिनुहोस्