‘रिगल’विरुद्धको मुद्दा न्यायाधीश मनोज शर्माको इजलासमा

सहयात्रा टिभी

काठमाडौँ । असोज १८, नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी न्यायाधीश मनोजकुमार शर्माको इजलासमा तोकिएको छ ।

रिगलले २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोझी चोकमा खुँडा प्रहार गरी चेतको हत्या गरेका थिए । चेतनकी पत्नी भारती मानन्धर शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन् ।

आफ्नो पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन उनले माग गरेकी छिन् ।

भारतीले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गरेकी छिन् ।

चेतनको हत्या अभियोगमा बाँके जिल्ला अदालतले रिगललाई दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

प्रकाशित : 5 October, 2023

प्रतिक्रिया दिनुहोस्