भारोत्तोलन खेलाडी विशालसिंह विष्टको दुर्लभ कीर्तिमान

सहयात्रा टिभी

काठमाडौँ । असोज १८, चीनको हान्झाउमा जारी एसियाडमा भारोत्तोलन खेलाडी विशालसिंह विष्टले दुर्लभ कीर्तिमान बनाएका छन् ।

चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमानसहित कुनै पनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३०१ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि बनाए ।

यसअघि कुनै पनि नेपाली भारोत्तोलकले कुनै पनि तौलसमूहमा समग्रमा ३ सय केजीसम्मको भार पनि वहन नगरेको भारोत्तोलन टिमका व्यवस्थापक समेत रहेका नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ बोसले जनाएका छन् ।

विशालले स्न्याचमा १३३ केजी, क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे ।

यसअघि स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ केजी र कुलमा २९१ केजीको राष्ट्रिय कीर्तिमान विशालकै नाममा थियो ।

उनले उक्त कीर्तिमान केहि साताअघि रियादमा भएको विश्व भारोत्तोलन च्याम्पियनसिपमा बनाएका थिए ।

 

प्रकाशित : 5 October, 2023

प्रतिक्रिया दिनुहोस्