सरकारले कैद माफी मिनाहामा उठेका प्रश्नको जवाफ दिनुपर्छ : गगन

सहयात्रा टिभी

काठमाडौँ । असोज १८, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान दिवसका दिन गरिएको कैद माफी मिनाहाका विषयमा उठेका प्रश्नको सरकारले जवाफ दिनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सार्वजनिक रुपमा विरोध भएको सरकारको उक्त निर्णयका विषयमा संसदलाई जवाफ दिनुपर्ने बताएका हुन् ।

’सरकारले संसदमा उभिएर हामीलाई बताउनुपर्छ, त्यो फेस गर्नुपर्छ, जवाफ दिनुपर्छ’ उनले भने, ‘निर्णय गरेर भाग्न पाइँदैन, यत्रो सार्वजनिक प्रश्न उठेको छ’ उनले भने ।

सरकारले संसदले बनाएका कानुनको अपब्याख्या र दुरुपयोग गरेर कैद माफी मिनाहा दिएको भन्दै महामन्त्री थापाले सभामुखले अग्रसरता लिएर ती सबै कानुनलाई संसदमा ल्याएर कैद छुटका विषयमा एकीकृत र छिद्र नहुने गरी कानुन बनाउनुपर्ने बताए ।

हाल मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी फौजदारी कसुर तथा सजाय निर्धारण ऐन, कारागार ऐन र सर्वोच्च अदालतका विभिन्न फैसलालाई आधार बनाएर कैद छुटको निर्णय हुने गरेको थापाले बताए ।

 

 

प्रकाशित : 5 October, 2023

प्रतिक्रिया दिनुहोस्